Breaking News

खैरहनीमा कोरोनाको अवस्थाः ७१ जना संक्रमित, २ को मृत्यु

Banner

ध्रुवराज खनाल

चितवन, भदौ ३०–

चितवनको खैरहनी नगरपालिकामा हालसम्म ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन महिनाको अवधिमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । खैरहनीमा एक डाक्टरमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यस यता भदौ २९ गतेसम्म ७१ जनामा पुष्टि भएको हो । खैरहनीमा हालसम्म कुल ९९७ जनामा नमुना परीक्षण गरिएको छ । संक्रमित मध्ये १५ जना निको भएर घर फर्किएका छन् भने ५४ जना सक्रिय अवस्थामा रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । कोरोना भाइरस संक्रमण पुष्टि भएका खैरहनीका २ जनाको मृत्यु भएको छ । उनीहरु दुबै जना महिला हुन् ।

संक्रमण देखिएका प्रायः धेरै होम आइसोलेसनमा छन् । मंगलबारसम्म ३२ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै सामुदायिक आइसोलेसनमा १२ जना र अस्पताल आइसोलेसनमा १० जना छन् । लक्षण नदेखिएका संक्रमितलाई सामुदायिक र होम आइसोलेसनमा राख्ने गरिएको छ । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले लक्षण नदेखिएकालाई घरमै वा सामुदायिक आइसोलेसनमा राख्न प्रेरित गरिएको बताए । ‘अस्पतालको चापलाइ ध्यान दिदै होम आइसोलेसननै जोड दिएका छौ’ नगर प्रमुख चौधरीले भने–‘लक्षण नदेखिएका घरमै सुरक्षित रुपमा परिवारसंग बस्दा उनिहरुमा आत्मबल बढ्छ ,जसले रोगलाइ चांडै परास्त गर्न मद्दत पुग्छ ।

पुर्बी चितवनका चार वटा नगरपालिकाले रत्ननगर ५ टरौलिमा रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तालिम तथा अनुसन्धान केन्द्रको भवनमा आइसोलेसन सेन्टर बनाएका छन् । खैरहनी नगरपालिकाले बाहिरी जिल्लाबाट र विदेशबाट आएकाहरुलाइ राख्न राधा स्वामी ब्यास नेपाल, दुर्गामन्दिरस्थित खानेपानी कार्यालयको खाली भवन र खैरहनी नगरपालिकामा सामुदायिक क्वारेन्टाइन बनाएको छ । हाल ती क्वारेन्टाइनमा २८ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>