Breaking News

भोकले भन्दा रोगले मर्नु बेस भन्दै सैलुन व्यवसायी सडकमा

Banner

काठमाडौं, भदौ ३०-

रोगले भन्दा भोकले मर्न थालेको भन्दै नाई श्रमिकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार बिहान जाउलाखेलबाट सुरु भएको विरोध र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हाे।

‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो ।

उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन् ।

सयौँको संख्यामा रहेका नाई श्रमिकहरु आफ्ना औजारसहित प्रदर्शनमा उत्रेका थिए। उनीहरुले लामो सयमदेखिको लकडाउनका कारण आफूहरु भोकले मर्न थालेको बताएका छन्।

नाइ श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था गर्नुपर्ने, नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट दिनुपर्ने, नाई श्रमिकहरुको ५० लाख बराबरको जीवन बीमा गरिदिनुपर्नेलगायतका मागसमेत संघर्ष समितिले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>