Breaking News
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
०

चितवन,भदौ ३०-
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । चार ठाँउमा खसेका ठूला पहिरो हटाएपछि अपरान्ह ३ः१० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सोमबार राति शुरुमा १०ः३० बजे चारकिलोमा पहिरो खसेको थियो । त्यसपछि रातभरको पानीले चार ठाउँमा ठूला र अन्य दर्जनौ ठाँउमा साना पहिरो खसेपछि सडक अबरुद्ध बनेको थियो । घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा खसेको ठूला पहिरो पन्छाइएको छ । सडक एकतर्फी सञ्चालनमा आएपछि हिजो साँझदेखि रोकिएका सवारीसाधन गन्तव्यमा जान थालेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार पहिरो पन्छाउने काम अहिलेपनि जारी छ । सो सडकखण्डमा यसबर्ष मात्रै दर्जनौ पटक पहिरो खसेर सडक अबरुद्ध भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























