Breaking News

देवघाटमा शालिग्रामको संकलन र संरक्षण, सिसमहल बनाउने तयारी

Banner

चितवन,भदौ ३०-

देवघाटधाममा शालिग्रामको संकलन र संरक्षण गर्न सुरु गरिएको छ । देवघाट क्षेत्र विकास समितिले शालिग्रामको संकलन र संरक्षण सुरु गरेको हो । भगवान विष्णुको अबतारको रुपमा पुजा गरिने शालिग्रामको संरक्षण थालिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

“अहिले पनि देवघाटमा शालिग्रामको व्यवसायीक किनवेच भइरहेको छ”, उहाँले भन्नुभयो, “यसको संकलन र संग्रह समितिले गर्दैछ ।” उहाँले जति सक्दो धेरै शालिग्राम संकलन गर्ने योजना बनाएको बताउनुभयो । शालिग्रामलाई हिन्दु धर्ममा भगवना विष्णुको रुपमा पुजा गर्ने प्रचलन छ । विश्वकै एकमात्र शालिग्राम पाइने नदि कालिगण्डकी हो । देवघाट कालिगण्डकी र त्रिवेणीको संगममा छ । दामोदर कुण्डदेखि मुक्तिनाथ, गलेश्वर, रिणी हुँदै शालिग्राम देवघाट आइपुग्छ ।

अध्यक्ष पौडेलले देवघाटमा शालिग्राम राखेर आकर्षक सिसामहल बनाउने योजना रहेको सुनाउनुभयो । “अहिले जस्तै व्यापारिक कारोवार भइरहे शालिग्राम लोप हुनसक्छ”, उहाँले भन्नुभयो, “यो निकै कठिनाइका साथ प्राप्त गर्ने बस्तु हो ।” देवघाटमा कतिपयको रोजिरोटी नै शालिग्राम खोजेर चलिरहेको पौडेलले बताउनुभयो । व्यापारीलाई वेच्नेहरुबाटै समितिले खरिद गरेर संकलन गर्ने उहाँको भनाई छ । “शालिग्राम देवघाटमा ५ सय देखि २ हजार रुपैंया सम्मपनि बेच्ने गरिएको छ, यो बेच्ने भन्दापनि संरक्षण गर्ने बस्तु हो,उहाँले भन्नुभयो ।”

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले कालिगण्डकीको महिमा देवघाटसंग जोडिएकाले शालिग्रामको संरक्षण थालिएको बताउनुभयो । उहाँले भन्नुभयो,“पहिलोपटक संकलन थालेका हौ,यसलाई अभियानको रुपमा सञ्चालन गर्छौ ।”

स्वस्थानी कथामा जालन्धरकी श्रीमती वृन्दाको पतिव्रता भेषमा भगवान् विष्णुले नष्ट गरेपछि वृन्दाले उनलाई चार श्राप दिएकी थिइन् । ती चार श्रापमध्येको एक पत्थर बन्नुपरोस् भन्ने श्रापका कारण भगवान् विष्णुले शिला शालिग्रामको रूप लिएको किंवदन्ती सुन्न पाइन्छ । हिन्दू धर्मावलम्वीहरूको प्राय सबै संस्कारहरूको शिला शालिग्राममा नै पूजाआजा गरी गर्ने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>