Breaking News
लामो दुरीको यातायात र हवाई उडान असोज ५ गतेबाट खुला गर्ने सरकारको निर्णय
०

काठमाडौं,भदौ २९-
सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस र आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























