चितवन विशेष
नारायणी किनारमा लायन्स क्लबले खाना खुवायो

चितवन, भदौ २९-
लायन्स क्लब अफ चितवन सौराहाले बेसहारा नागरिकलाई खाना खुवाएको छ ।
सोमबार नारायणी नदी किनारमा क्लबले असहाय, बेसहाराहरुलाई खाना खुवाएको हो । क्लबकी पूर्वअध्यक्ष सुजता विष्ट पाण्डेको जन्मदिनको अवसरमा लायन्स क्लब अफ चितवन सौराहा र लियो क्लब अफ चितवन सौराहाले ‘हामी खाना खुवाउछौं अभियान’ अन्तर्गत नारायणी नदी किनारमा खानाको लागि सहयोग गरेका थिए ।
बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र चितवनले आयोजना गरेको खाना खुवाउने कार्यक्रममा क्लबले सोमबार बिहान खाना खुवाएको हो । करिब साढे तीन सय जनालाई खाना खुवाउन क्लबबाट स्वम्सेवक खटिएका थिए । पितृ उद्धार कार्य, जन्मोत्सव लगायतको अवसर पारेर खाना खुवाउन सहयोग गर्नेहरु जुटेका छन् । क्लबका अध्यक्ष अञ्जनकुमार पाण्डेले लकडाउनले वास्तविक प्रभावितहरु भएकोले सहयोग गरेको बताउनुभयो । बेवारिसे व्यवस्थापन तथा पुर्नजीवनन केन्द्र चितवनकी अध्यक्ष सीता कुँवरले दाताहरुको समन्वयमा खाना खुवाउने कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।
लायन्स क्लबका डिष्ट्रिक डेपुटी कोअर्डिनेटर दिपेन्द्रप्रसाद खतिवडाले सामाजिक काममा लायन्स क्लब अग्रसर रहेको बताउनुभयो । कार्यक्रममा, निवर्तमान अध्यक्ष शिरलाल परियार, निर्देशक गणेश दाहाल, सदस्य सुशिला चौधरी, लियो क्लबका अध्यक्ष पुजन अधिकारीको सहभागीता थियो ।

























