Breaking News

चितवनमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौ २९–

चितवनमा आज (सोमबार) अपरान्ह थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा आज (सोमबार) गरिएको परीक्षणमा चितवनका २३ जनासहित ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेका छन् । जसमध्ये १४ जना पुरुष र ७ जना महिला रहेका छन् । यस्तै खैरहनी नगरपालिका–२ का ७५ वर्षीय पुरुष र रत्ननगर नगरपालिका–१ की २६ वर्षीया महिलामा भाइरस फेला परेको छ ।

त्यसैगरि मकवानपुरका १५ जना, नवलपरासी पूर्व गैंडाकोटका २ जना, रौतहट, सर्लाही, तनहुँ र झापाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा आज कुल ३५८ नमुना परीक्षण गरिएको थियो ।

यस्तै आजै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका गरी ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ४ जना छन् । जसमा दुई जना पुरुष र २ जना महिला छन् । यस्तै कालिका नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५ जना पुरुष र २ जना महिला रहेका छन् । संक्रमित सबैको पुरानो मेडिकल कलेज र सप्तगण्डकी अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>