Breaking News
चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, भदौ २९–
चितवनमा आज (सोमबार) दिउँसो थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परीक्षणमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ४ जना छन् । जसमा दुई जना पुरुष र २ जना महिला छन् । यस्तै कालिका नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५ जना पुरुष र २ जना महिला रहेका छन् ।
संक्रमित सबैको पुरानो मेडिकल कलेज र सप्तगण्डकी अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























