चितवन विशेष

भरतपुरमा इञ्जिनियहरुले गरे रक्तदान

Banner

चितवन, भदौं २९-

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रगतको अभाव भएपछि चितवनका इन्जिनियरहरुले रक्तदान कार्यक्रम गरेका छन् ।

नेपाल इन्जिनियर्स एशोसियसन नेपाल, बागमती प्रदेश भरतपुर केन्द्रको आयोजनामा सोमबार भरतपुरको युटेक कलेज परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा २५ जना इन्जिनियरले रक्तदान गरेको नेपाल इन्जिनियर्स एशोसियसन केन्द्रीय विपद व्यवस्थापन कमिटिका सदस्य इ. शिवप्रसाद चापागाइँले जानकारी दिनुभयो । कोरोनाको महामारी भएकाले सिमित व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।

 

सो क्रममा बोल्दै वरिष्ठ इन्जिनियर चापागाइँले अहिले कोरोनाको महामारीमा अन्य बिरामीलाई रगतको माग हुँदा समस्या पर्ने भएकाले देशैभरका इन्जिनियरहरुलाई रक्तदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका डिभिजन इन्जिनियर रत्न लामिछाने, सडक विभागका डिभिजन इन्जिनियर, एशोसियसन चितवनका निवर्तमान सचिव शिवहरि घिमिरेलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>