Breaking News
कोरोना बिमा निर्देशिका संशोधन,आजदेखि निजी ल्याबको रिपोर्टलाई पनि मान्यता

काठमाडौं, भदौं २९-
निजी ल्याब तथा अस्पतालमा परीक्षण गर्दा आएको पोजेटिभ रिपोर्टले आजदेखि कोरोना दाबी गर्न मिल्ने भएको छ ।
बिमा समितिले कोरोना बिमा निर्देशिका संशोधन गरी उक्त व्यवस्था गरेको हो । यस अघिसम्म कोरोना बिमा गराउने बिमितले निजी ल्याबमा परीक्षण गराउँदा पोजेटिभ आए पनि दाबी भुक्तानीलाई भने मान्यता नदिने व्यवस्था गरेको थियो ।
समितिको पुरानो व्यवस्थाको चौतर्फी विरोध भएपछि सरोकारवालासँग छलफल गरी समितिले पुरानो व्यवस्था संशोधन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार कोरोना बिमा गरेका बिमितले स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका सबै ल्याबमा परीक्षण गराउँदा कोरोना पोजेटिभ आएमा दाबी गरेको ७ दिनभित्र भुक्तानी पाउँछन् । तर, नयाँ व्यवस्थाअनुसार कोरोना बिमाको दाबी भुक्तानी लिन स्थानीय निकायको सिफारिससमेत पेस गर्नुपर्ने छ । साथै, बिमा कम्पनीहरुलाई बिमितले पेस गरेको रिपोर्टमा शंका लागेमा भने बिमा कम्पनीले आफ्नै खर्चमा पुनः परीक्षण गराउन पाउने छन् ।
























