चितवन विशेष

चितवनको विपश्यना ध्यान केन्द्रमा वृक्षरोपण

Banner

चितवन, भदौं २९

भरतपुर महानगरपालिकाको विजय नगरमा रहेको विपश्यना ध्यान केन्द्रमा आज वृक्षरोपण भएको छ ।

प्रदेश सांसद विजय सुवेदी, साहित्यकार तथा समालोचक डीआर पोखरेल, ध्यान केन्द्रका गुरुहरु अक्कलध्वज गुरुङ, नारायणप्रसाद तिवारी टिकाराम अधिकारी, माधव ढुंगाना, ध्यान केन्द्र ट्रस्टका अध्यक्ष श्रीधर उप्रेती र ट्रष्टका पूर्वअध्यक्ष श्यामकृष्ण महर्जनले संयुक्तरुपमा सो केन्द्रमा वृक्षरोपण गर्नु भएको हो । दुई बिघा क्षेत्रफलमा फैलिएको ‘धम्म चितवन’ को नामबाट चिनिने ध्यान केन्द्रमा हर्राे, बर्राे र अमलाका बिरुवाहरु रोपिएको छ ।

केन्द्रले भगवान गौतमबुद्धको वास्तविक ध्यान विधिको रुपमा लिइएको विपश्यना ध्यान विधिलाई नियमित अभ्यास गराउने गरेको धम्म चितवनले जनाएको छ । १० वर्ष अगाडि स्थापना भएको केन्द्रमा हरेक अंग्रेजी महिनाको ३ तारिखमा १० दिने र हरेक नेपाली महिनाको पहिलो शनिबार एक दिने ध्यान शिविर चलाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>