Breaking News

चितवनमा दुई ट्रक ठोक्किदा एकको मृत्यु, पाँच घाइते (अपडेट)

Banner

चितवन, भदौ २९–

चितवनमा दुई वटा ट्रक एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका–५ खहरे पुल नजिक भएको दुर्घटनामा ट्रक चालक बारा प्रवानीपुर–२ का २८ वर्षीय अजय शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । गम्भिर घाइते भएका शाहको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ ।

आज विहान ८ः२५ बजेको समयमा काठमाण्डौबाट नारायणगढ तर्फ आउदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरित दिशाबाट गई रहेको ना ४ ख ८०११ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए ।

घाइते हुनेमा एक ट्रक चालक र ट्रकमा सवार चार जना रहेका छन् । उनीहरुको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>