Breaking News
कोरोना संक्रमित गैडाकोटकी महिलाको चितवन मेडिकल कलेजमा मृत्यु
०

चितवन,भदौ २९-
चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत गैडाकोट नगरपालिका वडा नम्बर ९ निवासी ६२ बर्षिय एक महिलाको मृत्यु भएको हो । भदौं १७ गते कोरोना पुष्टि भएको उहाँको कोभिड आइसियूमा उपचारको क्रममा गएराति ११ं.३० बजे मृत्यु भएको प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिनुभयो । स्वासप्रश्वासको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।
यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । चितवनका मात्रै १७ जना संक्रमितको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























