कर्पोरेट

इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजना

Banner

चितवन, भदौं २८-

बैंक अफ काठमाण्डु लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतीय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

बैँकले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दीसहितको विशेष योजनामा बैँकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावले आफूलाई आवश्यक सीजी, एलजी, गोडरेज, टीसीएल, सेनसाइ, इलिका, केन्ट तथा व्ल्याक र डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने जनाएको छ । यस योजनाअन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले टिभि, मोबाइल, लुगा धुने मेसिन, एसी, माइक्रोवेभ, भ्याकुम क्लिनरलगायतका सामान किस्ताबन्दीमा खरिद गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ । यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनै पनि ब्याज नलाग्ने बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>