Breaking News

चितवनका होटल सञ्चालनको माग, व्यवसायीले बुझाए सिडियोलाई ज्ञापनपत्र

Banner

चितवन,भदौ २८-

चितवनका होटल व्यवसायीले सञ्चालनको माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाइलाई ज्ञापनपत्र बुझाएर होटल व्यवसाय सञ्चालनको माग गर्नुभयो ।

घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने संघको माग छ । कोरोना (कोभिड १९) का कारण लागु गरिएको लकडाउन र निषेधाज्ञाका कारण सबैभन्दा धेरै समस्या होटल व्यवसाय परेको अध्यक्ष न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै होटलहरु भाडामा सञ्चालित छन, भाडा तिर्न घरबेटीको निरन्तर दबाब झेलिरहनुपरेको छ ।” कतिपय घरधनिले त घर भाडमा छुट समेत नदिएको न्यौपानेले बताउनुभयो । कोरोनाका कारण व्यवसाय सञ्चालन अन्योलमा रहेको भन्दै उहाँले धेरै व्यवसायी पलायन हुने अवस्था आएको गुनासो गर्नुभयो । होटल व्यवसायीले राष्ट्र बैंकद्धारा जारी पुर्नकर्जाको शिर्षकबाट पाउने सहुलियत व्याजदर समेत जिल्लामा कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।

होटल व्यवसायमा प्रत्येक्ष रुपमा संलग्न मजदुरहरुले विगत छ महिनादेखि तलब पाउने अवस्था नरहेको र उनिहरुको दैनिकी अफठ्यारोमा परेकाले व्यवसाय संचालन गर्न पाउनुपर्ने संघको माग छ । नेपाल होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष इमान्दु बरालले स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्नुभयो । गाँउघरका साना झुपडीमा होटल सञ्चालनमा आइरहेको तर सहरी क्षेत्रका व्यवस्थित होटलहरु बन्द हुँदा झन एकैठाउँमा जम्मा भएर कारोनाको जोखिम बढाइरहेको उहाँले बताउनुभयो । संघका जिल्ला उपाध्यक्ष कृष्ण भट्टले होटल व्यवसाय सञ्चालन भइसकेपछि पनि ग्राहकहरु आउन समय लाग्ने भएकाले क्रमशः खुल्ला गर्दै जानुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जिल्लामा कोरोना संक्रमण झन बढ्दै गएकाले तत्काल होटल रेष्टुरेन्ट सञ्चालन गर्न नसकिने बताउनुभयो । उहाँले होटल व्यवसायी संघले कोरोना विरुद्धको लडाइमा सहयोग गरिहरहेको भन्दै उहाँले परिस्थितिलाई क्रमशः सहज बनाइदै लगिने बताउनुभयो । जिल्लामा संक्रमण फैलिरहेको स्रोतको पहिचान गरेर कडाई गर्न थालिएको भन्दै उहाँले केही समय धैर्य गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>