Breaking News

चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौ २८–

चितवनमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका चार जनासहित ७ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवनका संक्रमित सबै भरतपुर महानगरपालिकाका हुन् । भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब दिएका भरतपुर–२, ११, ८ र २८ का २ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु २४ देखि ७९ वर्ष उमेर समूहका छन् ।

यसैगरि सुर्खेतका ४५ वर्षीया महिला, रौतहटकी २६ वर्षीया महिला र धनुषाका ३२ वर्षीय पुरुषमा भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । उनीहरु सबैले भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>