Breaking News

काठमाडौंको सडकमा विमान गुडेपछि…

Banner

काठमाडौं, भदौ २७–

शनिबार साँझको समयम हो सडकहरु सुनसान हुँदै थिए । कोरोना भाइरस कारण मानिसहरुको भिडभाड कम नै छ । यही बेला सडकमा अनौठो दृश्य देखा प¥यो ।

जब सडकमा विमान गुडेको दृश्य देखे तब स्थानीय चकित परे । त्यो विमान आपतकालिन अवतरण गरेको पनि होइन । त्यो त त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न लगिएको रहेछ । रातको समयमा चहलपहल कम भएपछि नारायणीहिटी दरबारसम्म लैजान सो विमान सडकमा गुडाइएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको बताए ।

गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।
यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>