चितवन विशेष

विपी जयन्तीमा नेविसंघ सप्तगण्डकीद्धारा बेसहारालाई खाना

Banner

चितवन, भदौं २७-

नेपाल विद्यार्थी संघ सप्तगण्डकी बहुमुखी क्याम्पसले विपी कोइरालाको १०७ औं जयन्तीको अवसरमा बेसहाराहरुलाई खाना खुवाएको छ ।

विपीले भोकाहरुले एक छाक खान दुःख गर्नु नपरोस् भन्ने भावना व्यक्त गर्नु भएको भन्दै नेविसंघले बेसहाराहरु खाना खुवाएको हो ।
नेविसंघका नेताहरु कल्पना पौडेल, सरोज रेग्मी, निरज अग्रवाल, परमेश्वर खनालको उपस्थितिमा बेसहाराहरुलाई खाना खुवाइको नेविसंघ इकाई सचिव साजन गुरुङ्ले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । सो अवसरमा बोल्ने विद्यार्थी नेताहरुले कोरोना सङ्क्रमणका कारण सृजित भएको अहिलेको अवस्थामा सबैले सहयोग गर्नु आवश्यक रहेको बताएका थिए ।

नेविसंघ इकाई अध्यक्ष राजेश भुसालको अध्यक्षतामा भएको कार्यक्रममा तरुणदल जिल्ला सचिव प्रल्हाद उप्रेती, जिल्ला सदस्यहरु दिपक शर्मा पौडेले, नगेन्द्र पौडेल नेविसंघ बिद्यार्थी नेताहरु कृष्ण वगाले, प्रनिसा गुरुङ, ईश्वर श्रेष्ठ, अनुप कोइराला, कृष्ण सापकोट, भूवन सापकोटा, सुपथ घिमिरे, राजेश पौडेल, रञ्जन न्यौपाने, निसान पौडेल, सुशील कोइराला, वसन्त गैरे, सागर सुवेदी, काशिराम चालिसे, ओमकार सापाकोट, प्रकाश लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>