Breaking News
पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि
०

काठमाडौं, भदौ २७
पछिल्लो नेपालमा २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको बताए ।
गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























