Breaking News

रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु

Banner

चितवन, भदौं २७

नेपाली सेनाको सिंहनाथ गण शक्तिखोरका दुई जना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ ।

कालिका नगरपालिका–८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायब उपरीक्षक ) सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो । श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>