चितवन विशेष

भरतपुरको ‘आमाको माया’ छात्रबासलाई यात्रा ग्रुपको सहयोग

Banner

चितवन, भदौं २७-

 यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका–१२ मा रहेको छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्य सामाग्री सहयोग गरेको हो । ग्रुपले छात्रावासलाई १५ हजार बराबरको दुई थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाइका सामग्रीहरुको सहयोग गरेको ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिनुभयो । उक्त सामग्री ग्रुपका अध्यक्ष कृष्ण कार्कीले छात्रावासकी संरक्षक सावित्रा ढकाललाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै ग्रुपका संरक्षक तथा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना महामारीले निम्त्याएको संकटको समयमा गरिएको सहयोगका लागि आयोजकलाई धन्यवाद दिनुभयो । डा. अधिकारीले कोरोनाका कारण सम्पूर्ण गतिविधि ठप्प रहदा समस्यामा परेका यस्ता संस्थाहरु सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

ग्रुपका अध्यक्ष कृष्ण कार्कीले कोरोनाले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै छात्रावासलाई सहयोग गरिएको बताउनु भयो । छात्रावासमा आश्रित बालिकाहरुलाई खाद्य अभाव नहोस् भन्ने उद्देश्यका साथ सहयोग गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

क्लबका सल्लाहकार सुशील केसीले कोरोना र लकडाउनका कारण धेरै यस्ता संस्थाहरु समस्यामा परेको हुन सक्ने भन्दै सबैलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । छात्रावासमा २० जना बालिकाहरु आश्रित छन् । भरतपुरका युवाहरुको समुह यात्रा ग्रुपले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>