Breaking News
भक्तपुर घटना : सुतेकै ठाउँमा श्रीमती र छोराको हत्यापछि विष खाएर आत्महत्या
०

काठमाडौं, भदौ २७-
शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
घरधनी सुदीप अधिकारी, श्रीमती सम्झना, छोरा सुशान्त र घरमा पालिएको कुकुरसमेत मृत अवस्थामा फेला परेको थियो ।
सिंगो परिवार नै सखाप भएको घटनाको यकिन कारण खुल्न बाँकी छ । तर, प्रारम्भिक अनुसन्धानबाट सो घटना ‘हत्यापछि आत्महत्या’ गरेको प्रहरीको निश्कर्ष छ । घटनास्थलमा एउटा विषादीको बट्टा फेला परेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























