चितवन विशेष
चितवनका ३८ प्रहरीमा कोरोना संक्रमण
०

चितवन,भदौ २७-
चितवनका थप ११ जना प्रहरीको कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमित प्रहरीको संख्या ३८ पुगेको छ । आज वडा प्रहरी कार्यालय नारायणगढका १० जना र जिल्ला प्रहरी कार्यालय चितवनका १ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालयका मात्रै २६ जना प्रहरी संक्रमित भएका छन । उनिहरु सबैलाई वडा प्रहरी कार्यालयको आइसोलेसनमा राखिएको छ । संक्रमित मध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको थापाले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























