Breaking News

भरतपुर अस्पतालमा मृत्युु भएका तीन मध्ये एक जनामा कोरोना पुष्टि

Banner

चितवन, भदौ २६–

भरतपुर अस्पतालमा मृत्यु भएका तीन जना मध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पूर्वीचितवनको रत्ननगर नगरपालिका–२ बस्ने वर्ष ४६ का पुरुषमा संक्रमण पुष्टि भएको हो । भदौ २५ गते राति १०ः३५ मा भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा उनको मृत्यु भैसकेको थियो ।

मृतकको आफन्तका अनुसार उनलाई उच्च ज्वोरो, खोकी र स्वाशप्रश्वासमा समस्या रहेको थियो । उनको स्वाब परीक्षण गर्दा शुक्रबार राती कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

यस्तै भरतपुर अस्पतालमै खैरहनी नगरपालिका–११ बस्ने वर्ष २२ की महिलाको भदौ २५ गते दिउँसो २ः४० बजे र राप्ती नगरपालिका–४ बस्ने वर्ष १८ की महिलाको भदौ २६ गते बिहान ९ बजे मृत्यु भएको थियो । उनीहरु दुवैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>