Breaking News

कोरोना संक्रमणबाट चितवनका १५ जनाको मृत्यु

Banner

चितवन, भदौ २६–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । आज (शुक्रबार) साँझसम्ममा कोरोना संक्रमणबाट चितवनका १५ जनाको मृत्यु भएको छ ।

आज साँझ ७ बजे थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १५ पुगेको हो । पूर्वीचितवनको राप्ती नगरपालिका–५ का ६१ वर्षीय पुरुषको आज (शुक्रबार) साँझ ७ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

भदौं २४ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष भदौ २५ गते भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए । उनमो उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएको थियो । योसंगै राप्ती नगरपालिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका २ जना, रत्ननगर नगरपालिकाका २, राप्ती नगरपालिकाका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>