Breaking News

स्वासप्रश्वासको समस्या भएका ३ जनाको भरतपुर अस्पतालमा मृत्यु,कोरोना परीक्षण हुँदै

Banner

चितवन,भदौ २६-

भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अस्पतालका आकस्मिक कक्ष प्रमुख डा.जगन्नाथ तिवारीका अनुसार दुई दिनको अवधिमा स्वासप्रश्वासको समस्या भएका तीन जनाको मृत्यु भएको हो । कोभिडसंग मिल्दोजुल्दो लक्षण देखिएकाले उनिहरुको श्वाब परीक्षणका लाई कोभिड १९ परीक्षण प्रयोगशालामा पठाइएको छ । मृत्यु हुनेहरु चितवनकै रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका छन् ।

राप्ती ४ की १८ बर्षिय युवती र रत्ननगर नगरपालिकाका ४६ बर्षिय पुरुषको आज अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको डा.तिवारीले जानकारी दिनुभयो । यस्तै हिजो (विहिवार) खैरहनी नगरपालिकाकी २२ बर्षिय युवतीको मृत्यु भएको डा. तिवारीले बताउनुभयो । ती युवतीको तीन दिनदेखि भरतपुर अस्पतालको आइसियूमा उपचार भइरहेको थियो । उनिहरु तीनै जनालाई ज्वरो, खोकी सहित स्वासप्रश्वासमा समस्या देखिएको डा.तिवारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>