चितवन विशेष
नारायणगढ–मुग्लिन सडक एकतर्फी सूचारु
०

चितवन,भदौ २६-
पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक एकतर्फी सूचारु भएको छ । आज बिहान ८ ः १० बजे चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो पन्छाएपछि १०ः३० बजेदेखि सडक एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । दुइतर्फी संचालनका लागि पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लाग्न थालेका छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























