Breaking News

एसिड हान्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउँदै प्रधानमन्त्री

Banner

काठमाडौं, भदौ २५-

एसिड आक्रमण गर्नेलाई कारबाही गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्माओलीले तेजाब (एसिड) पीडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने जानकारी दिएका छन् ।

अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने प्रधानमन्त्री केपीशर्मा ओलीले बताएका हुन्।

यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>