Breaking News

नेकपामा अब कार्यकर्ताले फेसबुक, टि्वटरमा नेतालाई गाली गर्न नपाउने

Banner

काठमाडौँ, भदौ २५–

नेकपाका नेता-कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ ।

नेकपामा गुटका आधारमा गतिविधि गर्न र सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप लगाउन नपाउने भएको छ।

विवाद बढ्दै जाँदा भिन्न पार्टी जस्तो गरी गुटगत गतिविधि हुँदै आएकोमा अब त्यसलाई नियन्त्रण गर्ने प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका हुन् ।

स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

अध्यक्षले तयार पारेको प्रस्तावमा भनिएको छ, ‘आन्तरिक विवादलाई कटुतपूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग– अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाईका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुसाशीत र पार्टी भित्रको वहस– विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने निर्णय गर्दछ।’

नेकपामा तीन ठूला गुट र अन्य सहायक गुटहरु सधैँ सक्रिय छन्। पूर्वमाओवादी समर्थित गुटको नेतृत्व दाहालले गर्दै आएका छन् भने पूर्व एमालेभित्र रहेको ओली र नेपाल गुट पनि उत्तिकै सशक्त गुटका रुपमा रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>