Breaking News

काठमाडौंमा भोलिदेखि व्यापार व्यवसाय खुल्ने, यातायातका साधन जोरबिजोर चल्ने

Banner

काठमाडौं, भदौ २४–

काठमाडौं उपत्यकामा भोलि (बिहीबार)देखि व्यापार व्यवसाय खुल्ने भएको छ ।

तीनवटै जिल्ला प्रशासनको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै व्यापार व्यवसाय खोल्ने निर्णय गरेको हो । यस्तै भोलिदेखि नै यातायातका साधन पनि जोरबिजोर प्रणालीमा संचालन गर्ने निर्णय भएको छ ।

काठमाडौंमा भदौ ३ गतेदेखि जारी गरिएको थियो । निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएपनि अझै एक साता लम्ब्याएको छ ।
यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

‘यातायातमा जोरविजोर र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भएको छ,’ उनले भनिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>