Breaking News
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, यस्तो छ नयाँ मोडल
०

काठमाडौँ, भदौ २४–
उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ।
तीनवटै जिल्ला प्रशासन प्रमुखलाई विभिन्न सरकारी निकाय र सरोकारवालाले निषेधाज्ञा खुकुलो नबनाए जनआक्रोश बढ्न सक्ने सुझाव दिएका छन् ।
काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि निरन्तर लागु भइरहेको निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरातबाट सकिँदै छ।
स्रोतका अनुसार सवारी साधनलाई जोर बिजोरका आधारमा सन्चालन गर्ने, विभिन्न व्यवसायलाई बारका आधारमा खोल्न दिने गरी निषेधाज्ञा खुकुलो बनाइँदै छ।
मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर गृहसमक्ष खुकुलो पार्न प्रस्ताव गरेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























