Breaking News
भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
०

चितवन,भदौं २३-
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत नवलपुर देवचुली नगरपालिका १ का ६४ बर्षिय पुरुषको आज साँझ ५ः३० बजे मृत्यु भएको हो । उहाँको कोभिड १९ निमोनिया संक्रमण लगाएतका कारणले मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँको किड्नी फेल भएर डायलिसिस भइरहेको थियो ।
भदौं १९ गते खोेकी र स्वास्प्रश्वासमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएका उहाँलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । अस्पतालले संक्रमित पुरुषको नियमित डायलिसिस गरेको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि अस्पतालको कोभिड आइसियूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























