Breaking News
चितवनमा भेटियो गोली लागेको मृत गैंडा
०

चितवन, भदौ २३–
चितवनमा गोली लागेको अवस्थामा एक गैंडा मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले नारायणी अनलाइनलाई जानकारी दिए ।
भदौ २१ गते नै मृत गैंडा भेटिए पनि मंगलबार मात्रै निकुञ्जले सार्वजनिक गरेको हो । मृत गैंडाको खाग र खुर भने सुरक्षित छ । टाउकोमा दुईवटा गोली लागेको अवस्थामा गैंडा भेटिएको बरालले जानकारी दिए ।
उनले नारायणी नदीको टापु लौखानी पारी भनिने स्थान नजिकै पर्ने रातोपानी घोलमा गैंडा फेला परेको बताए।
चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चार वटा गैंडा मरेका छन्।
Photo: File
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























