चितवन विशेष

चितवनमा लागूऔषधसहित दुई पक्राउ

Banner

चितवन, भदौ २२–

चितवनमा लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिक–११ भोजाड चोकस्थित सडकमा शंकास्पदरूपले हिँडडुल गरिरहेका व्यक्तिहरूबाट लागूऔषध बरामद गरेको हो ।

रत्ननगर नगरपालिका–२ का २५ वर्षीय किशोर शाह र स्याङ्जा गल्याङ नगरपालिका–१ घर भई हाल चितवनको खैरहनी नगरपालिक–१ मा बस्ने ४२ वर्षीय राजेश बस्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूबाट लागूऔषध डाइजेपाम ४३ एम्पुल, फेनारगन ३८ एम्पुल, नुफिन ३९ एम्पुल बरामद गरी लागू औषध कसूरमा अनसुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

Photo: File

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>