Breaking News
चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, भदौ २२–
चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ जना र अन्य जिल्लाका १० जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २१ जना, कालिका नगरपालिकाका ९ जना, रत्ननगर नगरपालिकाका २ जना र खैरहनी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै पूर्वी नवलपरासीकाका ३ जना, रौतहट, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























