Breaking News
चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, भदौं २१–
चितवनमा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ११ जना रहेका छन् । जसमा ७ वर्षीय बालकदेखि ७२ वर्षीया महिलासम्म रहेका छन् ।
यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिकाका ६ जना र खैरहनी नगरपालिकाका २ जना रहेका छन् ।
यसैगरि मकवानपुरका ८ जना, तनहुँका २ जना र नवलपरासी पूर्वका एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























