Breaking News
देशभर थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि
०

काठमाडौं भदौ २१
पछिल्लो २४ घण्टामा आज आइतबार देशभर थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालका आइसोलेसनबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ।
देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























