मकवानपुर

प्रदेश सरकारले हेटौडामा २३ करोडको सडकका काम गर्दै

Banner

हेटौंडा,भदौं २१-

वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले रु २३ करोड ४० लाखको लागतमा हेटाँैडा उपमहानगरपालिका अन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ ।

निर्देशनालयका अनुसार उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका १२ किमी ९५८ मिटर सडकको निर्माण गर्न बोलपत्रसमेत आह्वान भइसकेको छ । हेटाँैडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सहित जनप्रतिनिधिको विशेष अनुरोधमा सडक निर्माण प्रक्रिया अगाडि बढेको बताइएको छ । हेटाँैडा–२ मानस चोकदेखि मनकामना चोक, सोही वडाको क्याम्पस चोकदेखि वनस्खण्डीसम्म, वडा नं ४ को हुप्राचौरको सम्पूर्ण अधुरो काम, वडा नं ५ को चिसोपानी चोकदेखि मिलन चोकसम्म, वडा नं ६ रगङ्शाला चोकदेखि हरियाली खहरे चोकसम्म, हरियालीचोकदेखि वडा नं ८ को सीमासम्म सडकको स्तरोन्नति गरिनेछ ।

त्यस्तै हेटाँैडा ८ को निमचोकदेखि पहिलो खहरेसम्म १० को टिसियन रोड र भुटनदेवी रोड, ११ को थानाभ¥यागङरोड, १२ को ठाडोबाटो भोर्ले, १४ को घलान तथा १५ को चक्रपथदेखि स्मृतिभवन सम्मको बाटोको निर्माण र स्तरीकरण प्रक्रिया अगाडि बढेको हो । वाग्मती प्रदेशको राजधानीसमेत रहेकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउन लागिएको बताइएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>