Breaking News

विप्लव समूहका नेता विरही भरतपुर अस्पतालबाटै पक्राउ

Banner

चितवन, भदौ २०–

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज (शनिबार) अपरान्ह गिरफ्तार गरेको छ ।

उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसंगै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले उनलाई नियन्त्रणमा लिइएको नारायणी अनलाइनलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पु¥याईएको छ । नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए । घरमा काम गर्दा लडेपछि ढाँडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>