चितवन विशेष

रत्ननगरको बछौली माध्यमिक विद्यालयमा होटल व्यवस्थापन भवनको शिलान्यास

Banner

दिपेन्द्र चौधरी (दिपेश)

चितवन, भदौं २०-

रत्ननगरको बछौली माध्यमिक विधालयकोे होटल व्यवस्थापन भवनको शनिबार शिलान्यास गरिएको छ ।

भवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, रत्ननगर नगरपालिकाका वडा न ६ का वडा अध्यक्ष बलराम दाहाल र विधालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले संयुक्तरुपमा शिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा नगर प्रमुख वनले शिक्षा बिना मानिसको जीवन अध्यारो हुने भएकोले आजको वर्तमान समयमा प्राविधिक शिक्षाको महत्व झनै रहेको विचार राख्नु भयो । उहाँले विधालयले आर्थिकरुपमा विपन्न र प्राविधिक विषयमा अध्ययन गर्न चाहने विधार्थीहरुको लागि अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नगर प्रमुख वनले यस विधालयलाई कसरी हुन्छ नमुना विद्यालयको रुपमा बनाउनको लागि विधालयका प्रधानाध्यापक र विधालय व्यवस्थापन समितिका अध्यक्षलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘गुणस्तरीय रड तथा सिमेन्ट प्रयोग गरी भूकम्प प्रतिरोधात्मक भवन बनाइ ४/५ तला लैजान सकिने बनाउन ठेकेदारलाई अनुरोध गर्छु ।’

विधालय हाता भित्र नै स्वास्थ्य चौकी, वडा कार्यालय, नारी चेतना बचत तथा ऋण सहकारी, मृगकुञ्ज उपभोक्ता समिति भएको कारण विधालयको क्षेत्रफल साघँुरिएको छ । यी संघसंस्थाहरुलाई अन्यत्र सार्नको लागि जग्गा खोजिरहेको वनले बताउनु भयो । उहाँले विधालयका लागि प्रर्याप्त मात्रामा चांैर भएमा बालबालिकालाई पढाइका अलाबा खेलकुदलगायत अन्य क्रियाकलापमा सरिक हुन सजिलो हुने विचार राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा. बाबुराम लामिछाने, राष्ट्रिय निकुञ्ज पूर्वीसेक्टर सौराहा प्रमुख प्रकाश उप्रेती, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरिभक्त घिमिरे, विधालयका पूर्वप्राचार्य बासुदेव चौधरी, रत्ननगर वडा ६ का वडा सदस्य किरण चौधरी, वडा सदस्य केसरी सुनार, नेपाली कांग्रेस वडा न ६ का सचिव मनोज चौधरीलगायत अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

यस क्षेत्रमा होटल तथा रेष्टुरेन्टहरु धेरै भएकोले इमान्दार, गुणस्तरीय र होटल म्यानेजमेन्ट अध्ययन गरेको जनशक्तिको माग बढ्दो रहेको कार्यक्रममा वक्ताहरुले बताए । सामुदायिक विधालयमा होटल व्यवस्थापनको अध्यापन हुने एक मात्र विधालय रहेको विधालय ब्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले बताउनु भयो । विधालयमा गत वर्षदेखि होटल व्यवस्थापनको अध्यापन सुरु भइरहेको छ । ७० लाखको लागतमा चार कोठे भवन निमार्ण हुन लागेको विधालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले बताउनु भयो । विसं २०१९ सालमा स्थापना भएको विद्यालयमा हाल उच्च शिक्षासम्मको अध्ययन हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>