चितवन विशेष

गणित समाज वाग्मती प्रदेशमा चितवनका आचार्यको नेतृत्व

Banner

चितवन, भदौं २०-

नेपाल म्याथम्याटिकल सोसाइटी(नेपाल गणित समाज) वाग्मती च्याप्टर को अध्यक्षमा चितवनका राजाराम आचार्य चयन हुनु भएको छ ।

वाग्मती प्रदेशका गणित विषयका प्राध्यापकहरुको आज भएको अनलाइन भेलाले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा गीता श्रेष्ठ, सचिवमा रमेश शर्मा, सहसचिवमा डा गंगाराम फैजु, कोषाध्यक्षमा विष्णु ढकाल रहनु भएको छ । त्यसैगरी समाजको सदस्यहरुमा रमेश खनाल, रामप्रसाद निरौला, विनोदखण्ड तिमिल्सिना, नारायण पाण्डे, किशन बास्तोला र छवि ढुंगाना रहनु भएको छ । यसैगरी कार्यसमितिले अन्य दुई जना पछि मनोनयन गर्ने जनाइएको छ ।

समाजका निवर्तमान अध्यक्ष दयाराम पौडेलको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि पाध्यापक डा चेतराज भट्ट हुनुहुन्थ्यो । गणित विषयमा नयाँ अध्ययन तथा अनुसन्धान गर्नको लागि समाजको स्थापना गरिएको समाजका पूर्वउपाध्यक्ष तथा सप्तगण्डकी बहुमुखी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘ गणित विषयका प्राध्यापकहरुलाई तालिम दिएर विषयको विकास तथा उत्थानको लागि समाज निरन्तर लागिरहेको छ ।’ भरतपुर महानगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दासमेत रहनुभएको समाजका नवनियुक्त अध्यक्ष आचार्य वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको सहप्राध्यापक हुनुहुन्छ । उहाँसहित चितवनबाट पाँच जना प्राध्यापकहरुले समाजको नयाँ कार्यसमितिमा प्रतिनिधित्व गर्नु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>