Breaking News
चितवनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, भदौ २०–
चितवनमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज कोभिड ल्याबमा शुक्रबार राति गरिएको परीक्षणमा २७ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जसमध्ये चितवनका २८ र अन्य विभिन्न जिल्लाका ८ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् ।
यस्तै राप्ती नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























