चितवन विशेष

चितवनका डा.सुनिलमणि पोखरेलले जिते कोरोना

Banner

चितवन,भदौं १९-

भरतपुर अस्पतालका स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेलले कोरोना जितेका छन् । २१ दिनको आइसोलेसन बसाइपछि उनि आज (शुक्रबार) कोरोना मुक्त भएका हुन् । कोरोना मुक्त भएपछि नारायणी अनलाइनसंग कुरा गर्दै डा.पोखरेलले सबैलाई स्वास्थ्य सावधानी अपनाउन सुझाब दिए ।

उनले भने, “कोरोना कस्लाई लागेको छ भन्ने मान्छे हेरेर थाहा हुँदैन्, आफै साबधानी अपनाउनुपर्छ ।” उनले पोषिलो, झोलिलो खानेकुरा र आत्मविश्वासले आफुले कोरोना जितेको बताए । “कोरोना लागेपछि मनमा डर लाग्दो रहेछ, केही समय आफुले पनि तनाव महासुस गरे, त्यसलै रोग लाग्न नदिन सुरुमै साबधान अपनाऔं, उनले भने ।”

आफूलाई सामान्य जरो आएको भन्दै उनले सामान्य औषधि मात्र सेवन गरेको बताए । “मलाई कुनै दिनपनि गाह्रो भएन,पोखरेलले भने,माछा मासु खाएन,प्रसस्त खानेकुरा खाँए ।” उनले छिट्टै विरामीको सेवामा लाग्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>