Breaking News

पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४ हजार २३६ पुग्यो

Banner

काठमाडौं, भदौ १९

पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ४६४ महिला र ८९५ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँ ३८६, भक्तपुर ३६ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>