Breaking News

चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

Banner

चितवन, भदौ १९–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजको कोभिड सघन कक्ष (आइसीयू)मा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज (शुक्रबार) दिउँसो १ः४४ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि ती महिला भदौं ११ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । जसमध्ये चितवनका ११ जना, मकवानपुरका ५ जना, नवलपरासी पूर्वका २, गोरखा, कैलाली र बाराका एक/एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>