चितवन विशेष

माडीमा निषेधाज्ञा खुकुलो बनाइयो, दिउसो बजार खोल्ने निर्णय

Banner

चितवन,भदौं १९-

चितवनको माडी नगरपालिका प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । आज (शुक्रबार) सम्पन्न कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले नगरपालिकामा कोरोना (कोभिड १९) को जोखिम बढेको भन्दै पिसिआर रिपोर्ट अनिवार्य गरेको हो । भरतपुर लगायत अन्य स्थानिय तहबाट प्रवेशको लागि पिसीआर रिपोर्ट अनिवार्य गरेको र नभए प्रवेश नदिइने नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो ।

नगरभित्र निषेधाज्ञा केही खुकुलो पार्दै सुरक्षाको मापदण्ड अपनाएर विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण बजार र पसलहरू खुला गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै अटो चालक सहित ३ जना र मोटरसाइकलमा १ जना मात्रै सवार हुन पाइने उहाँले बताउनुभयो ।

नगरपालिकाले अत्यावश्यक सेवाका लागि भने छुट दिएको छ । नगरपालिकाको निर्णय भोलीदेखि लागु हुनेछ । माडीमा कोरोना संक्रमितको संङख्या ५२ पुगेको छ भने ४१ जना निको भइसकेका छन । ११ जना आइसोलेसनमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>