चितवन विशेष
मन्त्री लामाको पहलमा पूर्वी चितवनमा पिसिआर मेसिन जडान हुने

चितवन,भदौं १८-
बागमती प्रदेश सरकारले चितवनको बकुलहर रत्ननगर अस्पताललाई कोरोना परिक्षण मेसिन उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले रत्ननगर अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले पिसिआर मेसिनसहित त्यसको व्यवस्थापन र सञ्चालन तथा आइसोलेसन व्यवस्थापनका लागि ५० लाख रुपैयाँ समेत दिने निर्णय गरेको प्रदेश सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिनुभयो ।मन्त्री लामाकै पहलमा प्रदेश सरकारले यो निर्णय गरेको हो ।
रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा रहेको छ । पूर्वी चितवनका चार वटा नगरपालिकाले बागमती प्रदेश सरकार समक्ष पिसिआर मेसिन खरिद गर्न र आइसोलेसन व्यवस्थापनका लागि माग गरेका थिए । त्यस्तै भरतपुर महानगरलाइ कोरोना नियन्त्रणका लागि एक करोड रुपैयाँ समेत उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
























