चितवन विशेष

चितवनमा कोरोना संक्रमणमुक्त भएकाले गरे प्लाज्मा दान

Banner

चितवन,भदौं १८-

भरतपुर अस्पतालमा प्लाज्मा थेरापीका लागि कोरोना संक्रमणमुक्त भएकाहरुले ‘प्लाज्मा दान’ गरेका छन् । आज (विहिवार) क्षत्रिय रक्तसंचार केन्द्र भरतपुरमा आयोजित कार्यक्रममा ३ जनाले ‘प्लाज्मा दान’ गरेका हुन् ।

दान गरिएको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा बैंक’ मा सुरक्षित राख्ने र आवश्यक पर्दा संक्रमितलाई चढाउने अस्पतालमा प्लाज्मा थेरापीका लागि सम्पर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले ‘आ’े पोजेटिभ भएका २ जना र ‘वि’ पाजेटिभ १ जनाले प्लाज्मा दान गरको बताउनुभयो । ‘प्लाज्मा बैंक’ का लागि रक्तसञ्चार केन्द्र भरतपुर आवश्यक तयारी गरिसकिएको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भिर संक्रमितहरुका लागि रक्तदान गरेको पौडेलले बताउनुभयो । कोभिड संक्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सन्छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले प्लाज्मा महत्वपूर्ण हुने भएकाले रक्तदानका लागि अनुरोध गरिएको बताउनुभयो । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोनाभाइरसबाट हुने मृत्युदर कम हुने डा. अधिकारीले बताउनुभयो । गम्भीर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गर्नुपर्ने हुँदा जरुरी पर्दा दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकोले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको उहाँको भनाई छ ।

प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो । अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना संक्रमण मुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो । छुट्याइएको प्लाज्मा संक्रमितलाई दिने विधि प्लाज्मा थेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने अस्पतालका फिजिसियन डा. कल्याण सापकोटा बताउनुहुन्छ ।

संक्रमित भएर निको हुनुभएका भरतपुरका माधव पौडेलले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न सबैलाई आब्हान गर्नुभयो । मानिसको जिवन बचाउन पाउनु ठुलो सौभाग्य भएको भन्दै उहाँले प्लाज्मा दिन पाउँदा आफूलाई उत्साहा जागेको धारणा राख्नुभयो । । भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिइसकेको छ ।

कार्यक्रममा अस्पतालका बरिष्ठ फिजिसियन डा.प्रमोद पौडेल,नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापती ज्ञानशाली न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>