Breaking News
चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन, भदौं १८–
चितवनमा आज (बिहीबार) दिउँसो थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको दिउँसो २ः२० मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
मृतक पुरुष मिर्गौलाको रोगबाट ग्रसित थिए । भदौं ९ गते अस्पतालमा भर्ना भएका उनको भदौं १० गते कोरोना पुष्टि भएको हो । उनको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो ।
यसअघि गयराति १२ः२३ बजे भरतपुर–११ की ४० वर्षीया कोरोना संक्रमितको सोही अस्पतालमा मृत्यु भएको थियो ।
यसअघि गयराति १२ः२३ बजे भरतपुर–११ की ४० वर्षीया कोरोना संक्रमितको सोही अस्पतालमा मृत्यु भएको थियो । योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जसमध्ये चितवनका १० जना, मकवानपुरका चार जना, नवलपरासी पूर्वका २, गोरखा, कैलाली र बाराका एक/एक जना रहेका छन् ।
























