Breaking News

चितवनमा संक्रमितको संख्या ९ सय नजिक, १५४ निको भए, १० जनाको मृत्यु

Banner

चितवन, भदौं १८–

चितवनमा पछिल्ला दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

बुधबार रातीसम्ममा चितवनमा कोरोना संक्रमितको संख्या ८४७ पुगेको छ । संक्रमितको संख्या अझै बढ्ने क्रममा छ । जिल्लामा सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । यहाँ बुधबार राति सम्ममा संक्रमितको संख्या ५२५ जना पुगेका छन् ।

स्थानीय तहः संक्रमितको संख्या मृतक संख्या
भरतपुर महानगरपालिका ५२५
रत्ननगर नगरपालिका ११२
खैरहनी नगरपालिका ५०
राप्ती नगरपालिका ८८
कालिका नगरपालिका १६
माडी नगरपालिका ५२
इच्छाकामना गाउँपालिका

(तथ्यांकः भदौं १८ गते बिहीबार विहान ८ बजेसम्मको)

जिल्लामा दोस्रो धेरै संक्रमितको सूचीमा रत्ननगर नगरपालिका रहेको छ । रत्ननगर–४ देबौलीमा रहेको शिवशक्ति खाद्य उद्योगका ५० बढी कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । ती सबै संक्रमित अहिले उद्योेग भित्रकै आइसोलेसन कक्षमा रहेका छन् । एकै ठाउँमा यति धेरै संक्रमित भेटिएको चितवनमा यो पहिलोपटक हो । अहिले यस नगरपालिकामा संक्रमितको संख्या ११२ जना रहेका छन् ।

यस्तै राप्ती नगरपालिका तेस्रो स्थानमा रहेको छ । यहाँ रहेको सशस्त्र प्रहरीको गणमा कार्यरत ५० बढी प्रहरीमा एकैपटक संक्रमण पुष्टि भएको थियो । चितवनमा पहिलोपटक कोरोना संक्रमण पुष्टि हुने दुई जना पनि यही नगरपालिकाका बासिन्दा हुन् । वैशाखमा पहिलोपटक चितवनमा दुई जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म राप्तीमा संक्रमितको संख्या ८८ पुगेको छ ।

यस्तै चौथो स्थानमा माडी नगरपालिका रहेको छ । यहाँ हाल भने ११ जना मात्रै संक्रिय संक्रमित छन् । ५२ जना संक्रमण पुष्टि भएकोमा ४१ जना यसअघि नै निको भएर घर फर्किएका छन् ।

त्यस्तै पाँचौं स्थानमा खैरहनी नगरपालिका रहेको छ । यहाँ हालसम्म संक्रमितको संख्या ५० पुगेको छ । यस नगरमा पनि पछिल्लो समय संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

छैटौं स्थानमा कालिका नगरपालिका रहेको छ । यहाँ संक्रमितको संख्या १६ पुगेको छ । अन्तिम स्थानमा जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना रहेको छ । असार महिनासम्ममा इच्छाकामनामा एक जनामा पनि कोरोना संक्रमण फेला परेको छैन । साउन यता मात्रै तीन जना संक्रमित इच्छाकामनाका फेला परेका हुन् ।

मृतकको संख्या १० पुग्यो

चितवनमा विस्तारै कोरोनाबाट हुने मृत्युदर पनि बढ्दै गइरहेको छ । असार महिनासम्म जिल्लाका एक जनाको मात्रै कोरोनाबाट निधन भएको थियो । तर पछिल्लो डेढ महिनामै मृतकको संख्या १० पुगेको छ । जिल्लामा सबैभन्दा धेरै कोरोनाबाट ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकाका रहेका छन् ।

भरतपुरका ७ जना, खैरहनी नगरपालिकाका २ जना र रत्ननगर नगरपालिकाका एक जनाको कोरोनाबाटै मृत्यु भएको हो । खैरहनीका एक जनाको भने घरमै मृत्यु भएको हो । ती १०८ वर्षीया वृद्धाको मृत्यु पश्चात कोरोना पुष्टि भएको थियो । यस्तै अर्की ५५ वर्षीया महिलाको पनि भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृत्यु पश्चात मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>